Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)
Updated: २०८३
ARIES
मेष राशीको व्यक्तिको यस वर्ष स्वास्थ्य लाभ हुने छ । वर्षको सुरूमा स्वास्थ्य अवस्थामा उतार-चढावहरू भइरहने छन्, त्यसैले तपाईंले आफ्नो स्वास्थ्यको देखभाल गर्नु पर्ने हुन्छ । प्रेम जीवनमा केहि कठिनाइ हुन सक्छन्, तर तपाइँको प्रेम ... भइरहने छन्, त्यसैले तपाईंले आफ्नो स्वास्थ्यको देखभाल गर्नु पर्ने हुन्छ । प्रेम जीवनमा केहि कठिनाइ हुन सक्छन्, तर तपाइँको प्रेम तेज छ जसकारण तपाइँले चुनौतिहरूको बावजुद परिस्थितिहरूसित राम्रोसँग व्यवहार गर्नुहुन्छ । तपाईं पनि मनपर्ने केहि काम गर्न सक्नुहुन्छ । प्रेम-विवाह गर्नेले अधिक जोखिम लिनु पर्ने छ र धेरै प्रयास गर्नु पर्ने छ । विवाहित जीवन आनन्दित हुनेछ र त्यहाँ कुनै ठूलो समस्या हुनेछैन। ससुरालीपक्षबाट कुनै दबाव बढ्न दिनुहुन्न। बच्चाले यस बर्स धेरै प्रगति गर्नेछ, जसले तपाईंलाई सन्तुष्टि हुनेछ। पारिवारिक जीवनमा घाम-छायाको अवस्था रहनेछ। बुबाको स्वास्थ्य कमजोर रहन सक्छ। तपाईंको निवास ठाउँ परिवर्तन हुन सक्छ र तपाईंले आफ्नो परिवारबाट टाढा सर्नु पर्ने छ । तपाईंको परिवारमा शुभ कार्यहरू हुने संकेतहरू छन्। विद्यार्थीहरूले राम्रो परिणाम प्राप्त गर्नेछन् र तिनीहरू उच्च शिक्षाको क्षेत्रमा धेरै राम्रो प्रदर्शन गर्न सक्षम हुनेछन्। तपाईले आर्थिक प्रगति गर्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ र वैदेशिक सम्पर्कबाट राम्रो लाभ पाउनुहुनेछ। यस बर्स तपाईलाई अचानक आर्थिक लाभ पनि हुन सक्छ । नातागोताहरु र सहकर्मीहरूको सहयोग पनि हुनेछ। यो बर्स क्यारियरलाई नयाँ ऊँचाई दिन गइरहेको छ, त्यसैले यस बर्सलाई पूर्ण स्वागत गर्नुहोस् र हरेक अवसरको फाइदा उठाउने प्रयास गर्नुहोस्।
TAURUS
दिक ज्योतिषको अनुसार, कर्कट राशीको व्यक्तिहरूले यो बर्ष आफ्नो स्वास्थ्य र सन्तुलित दिनचर्या को विशेष हेरविचार गर्नुपर्ने छ। तपाईंलाई पित्त सम्बन्धित शारीरिक समस्या हुनुको संभावना छ। प्रेम ले गर्दा तपाईको जीवनमा लामो समयको लागि परिवर्तन ... हेरविचार गर्नुपर्ने छ। तपाईंलाई पित्त सम्बन्धित शारीरिक समस्या हुनुको संभावना छ। प्रेम ले गर्दा तपाईको जीवनमा लामो समयको लागि परिवर्तन हुनु सकछ र तपाईं एक आदर्शवादी प्रेमी को पहिचान बनाऊनु सक्नु हुनछ। ध्यान राखने कुरा यो छ कि एक भन्दा धैरे मानछेहरूमा चासो थपदा तपाईं को रिश्तेदारी प्रभावित हुनु सकछ। वैवाहिक जीवनमा घाम-छाया हुनदै रहने छ। तपाईंको वैवाहिक जीवन कति पनि समस्याहरू आए पनी अगाडि बढदई जाने छ। तपाईलाई आफनो जीवन साथी संग-संग हिड्दई रहनु पर्ने छ। पारिवारिक जीवन वरिपरि भई रहने छ। तपाई को आमा को स्वास्थ्यको देखभाल गर्नु पर्ने छ। विद्यार्थीहरू को लागि यो बर्स कडा परिश्रम गर्नुको संकेत दिन दई छ। तपाईंलाई आफनो लक्ष्य प्राप्त गर्नुको लागि ध्याल लगाएर कड़ा परिश्रम गर्नु जरूरी छ। आर्थिक समस्याहरू आने छ त्यस लागि तपाईंलाई संघर्ष गर्नु पर्ने छ र अर्कोतर्फ तपाईको खर्चामा वृद्धि हुनु सकछ। त्यसो भए आफनो बचतको ध्यान दिनु पर्ने र धन-संपत्ति संबंधित कुरामा सोचे-समझेर पैसा लगाऊनु पर्ने छ। क्यारियर को लागि बर्स को सुरुआत लाभदायी रहने छ। तपाईं कुनै पनि ठुलो व्यापारको संग जुडेर काम गर्नु सकछ।
GEMINI
वैदिक ज्योतिषको अनुसार, यो राशिका व्यक्तिको यो बर्स स्वास्थ्य अवस्था राम्रो हुने हो। बेला-बेलामा कुनै मानसिक समस्याहरू आने हो तर कुनै धैरे ठुलो समस्याको स्थिति आने छईन। यो बर्स तपाईँको प्रेम जीवन आरामसंग बितने हो ... मानसिक समस्याहरू आने हो तर कुनै धैरे ठुलो समस्याको स्थिति आने छईन। यो बर्स तपाईँको प्रेम जीवन आरामसंग बितने हो र एकल मानछे को जीवनमा कुनै नया व्यक्तिको प्रवेश हुनु सक्छ। तपाईंको जुन व्यक्ति संग झगडा भईर छुट्टी गा छ त्यो व्यक्ति पलटेर फैरी तपाईंको जीवनमा आनु सक्छ। यो बर्स दांपत्य जीवनको लागि धैरे राम्रो हुने छ र तपाईं आफनो जीवनसाथी संग अगाडी बढदई जानै हो र भविष्यको लागि महत्वपूर्ण निर्णय पनी लिनु सक्छ। तपाईंको जीवनमा आकर्षण रहने छ। कुटुम्बमा कुनै कुराले तनाव र झगडाको संभावना हुनु सक्छ, यसलागि शांत चित्त हुनु राम्रो हुनेछ। परिवारमा कसैको विवाह र नया बच्चाको जन्म हुनुले खुशि हुने छ। विद्यार्थीहरूलाई संघर्षको पछि सफलता प्राप्त हुने छ। आर्थिक दृष्टिले यो बर्स राम्रो रहने छ र तपाईं बचत गर्नुमा सक्षम हुनु हुन्छ। यो बर्सको सुरुआतमा कुनै नया कार्य सुरू गर्नु सक्छ र जस्तो-जस्तो यो बर्ष बढदई जानैहो तपाईंलाई प्रगतिको अबसर मिलदई जाने हो। यो बर्स तपाईंको उर्जाको सहि प्रयुक्त गर्नेले पक्का सफल हुनेछ।
CANCER
वैदिक ज्योतिषको अनुसार यो राशिको व्यक्तिहरूको लागि यो बर्स तपाईंको लागि धैरे तरिकामा राम्रो हुनेछ। यद्यपि तपाईंको स्वास्थ्यको संबंधित मिश्रित परिणामोंको प्राप्ति हुनेछ। तपाईं एक पुरानो रोग बाट मुक्त हुनेछ। जीवन संबंधित धैरे मोर्चाहरूमा कडा ... यद्यपि तपाईंको स्वास्थ्यको संबंधित मिश्रित परिणामोंको प्राप्ति हुनेछ। तपाईं एक पुरानो रोग बाट मुक्त हुनेछ। जीवन संबंधित धैरे मोर्चाहरूमा कडा परिश्रम गर्नु पर्नेछ। प्रेम जीवनको लागि यो बर्स अनुकूल हुनेछ र तपाई मध्ये केही मानछेहरूको ब्याह हुनेछ र तपाईं आफ्नो प्रिय लाई आफ्नो बनाउन मा सफल हुनेछ। यद्यपि विवाहितहरूको दांमपत्य जीवनमा माथि-तलको स्थिति रहनु सक्छ। तपाईंलाई ध्यान राख्नु पर्ने कि आफनो कार्यको संग-संग जीवनसाथीलाई पनि समय दिनु पर्नेछ। बच्चाहरूको लागि यो बर्स धैरे अनुकूल छईन, यसलागि बेला-बखतमा तिनहरूको ध्यान राखनु र प्रोत्साहित गर्नु पर्नेछ। पारिवारिक जीवन राम्रो रहने छ र तपाईंलाई मान र सम्मानको प्राप्ति हुनेछ। भाई-बहिनीहरूको ध्यान राखनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंलाई कडा परिश्रम गर्नु पर्नेछ तबई राम्रो परिणाम भेट्ने छ। आर्थिक दृष्टिकोणले हेरदा यो बर्स अली कमजोर रहनु सक्छ, यसलागि आफनो धनको लेखा पुस्तक राम्रो राखनु त्यसो भए कुनई पनि तरीकाको आर्थिक समस्याबाट बाच्न सकिन्छ। बेरोजगार मानिसहरूलाई स्थायी जागिर पाउने सम्भावना धेरै कडा छ।
LEO
वैदिक ज्योतिषको अनुसार कुम्भ राशिका व्यक्तिको यो बर्स तपाइँले केही चुनौतिहरूको सामना गर्नुपर्नेछ र तपाइँले मिश्रित परिणामहरू प्राप्त गर्नुहुनेछ। यस बर्स तपाईले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ किनकि स्वास्थ्य संबंधि समस्याहरूले तपाईलाई सताउन सक्छ। यो ... मिश्रित परिणामहरू प्राप्त गर्नुहुनेछ। यस बर्स तपाईले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ किनकि स्वास्थ्य संबंधि समस्याहरूले तपाईलाई सताउन सक्छ। यो बर्स धैरे यात्राहरू हुनेछ, त्यस बाट कुनैमा तपाईंलाई इच्छित परिणाम प्राप्त गर्नुहुनेछ। यद्यपि तपाईंको आय राम्रो हुनेछ तर धैरे खर्चाको कारण वित्तीय समस्या उत्प्न्न हुनु सक्छ। यो बर्स तपाईं आध्यत्मसंग संबंधित धैरे राम्रो अनुभव पाउनेछ। विदेश जाने व्यक्तिहरूको इच्छा यो बर्स पूरा हुनु सक्छ। यो बर्स तपाईंको जागिरमा स्थानान्तरणको योग भईरा छ त्यस कारण तपाईंको बर्तमान गर्वको संग परिवर्तन हुनु सक्छ। बेला-बखतमा आफनो सबैभन्दा नजिक मानिसहरूको ध्यान राखनु पर्ने र तिनिहरूको आवश्यकताको अनुसार मद्दत गर्नु र एउटा उपहार पनी दिनु होस, जसले गर्दा रिश्तेदारीमा कुनै तरिकाको तनाव न होस। विद्यार्थीहरू को लागि यो बर्स धैरे कडा परिश्रम गर्नु पर्नेछ। तर, आफ्नो देश मा शिक्षा प्राप्त गर्नेहरूको इच्छा पूरा गर्न सकिन्छ। तपाईंको पारिवारिक जीवन उतार-चढावहरूले भरिपूर्ण हुनेछ। अर्कोतर्फ, विवाहित जीवनमा, खुशी र कहिलेकाहीं शोकको वातावरण हुनेछ। तपाईको जीवनसाथीसँग राम्रो सम्बन्ध राख्नुहोस्। प्रेम जीवनको लागि यो समय अलि प्रतिकूल छ, त्यसैले परिस्थितिलाई ध्यानमा राख्दै आफैलाई सञ्चालन गर्नुहोस्।
VIRGO
वैदिक ज्योतिषको अनुसार यो राशिको व्यक्तिलाई यो बर्स आफनो कार्यमा सफलता र राम्रो धन लाभको प्राप्ति हुनेछ। तपाईंलाई आफनो मित्रहरू, प्रियहरू र नजिकका व्यक्तिहरूको संग भेटघाटको अवसर पाइनेछ। तपाईंले जुन काम गर्नु हुनछ तेसमा आफनो ... प्राप्ति हुनेछ। तपाईंलाई आफनो मित्रहरू, प्रियहरू र नजिकका व्यक्तिहरूको संग भेटघाटको अवसर पाइनेछ। तपाईंले जुन काम गर्नु हुनछ तेसमा आफनो उत्तम प्रदर्शन गरी राख्नु, किनकी यो बर्स तपाईंलाई त्यो कडा परिश्रमको परिणाम प्राप्त हुनेछ र कुनै उपलब्धि पनी तपाईंको खातामा थपनु सकछ। तपाईको पारिवारिक जीवनमा केहि समस्याहरू हुनसक्दछन् तर तपाईले बुझ्नुभएको कारण तपाईले ती चुनौतीहरूलाई ठूलो हदसम्म पराजित गर्नुहुनेछ। तपाईले समाजका सम्मानित र बुजुर्गहरुको आशिष् पाउनुहुनेछ, जसको कारणले तपाई आफ्नो काममा सफल हुनुहुनेछ। अत्यधिक व्यस्तताले तपाईंलाई थकाउनु सक्छ र एसको प्रभाव तपाईंको काम र शरीरमा पार्न सक्छ। त्यसैले कामको बीचमा समय अवश्य लिनुहोस्। तपाईंको अधिकांश इच्छाहरू यस बर्ष पूरा हुनेछ। तपाईंलाई एक अनुभवी व्यक्तिको संग पानेछ। समाजमा तपाईंको सम्मान बढ्नेछ। तपाईंको यात्राहरू यस बर्ष छोटो हुनेछ र तपाईं वित्तीय फारममा प्रगति हुनुहुनेछ। व्यापार मा विस्तार हुनाले, तपाईले अभूतपूर्व सफलता पनि पाउनुहुनेछ।
LIBRA
उपलब्धिका लागि लामो समय संघर्ष गर्नुपर्ने वर्ष रहेको छ। बृहस्पति शत्रुभावमा रहने हुँदा अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ। स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ। शत्रुता साध्नेहरू जाग्नेछन् भने शुभचिन्तकहरू उदासीन रहनाले महत्त्वाकांक्षा कुण्ठित हुनेछ। साझेदारीमा असमझदारी ... सामना गर्नुपर्नेछ। स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ। शत्रुता साध्नेहरू जाग्नेछन् भने शुभचिन्तकहरू उदासीन रहनाले महत्त्वाकांक्षा कुण्ठित हुनेछ। साझेदारीमा असमझदारी बढ्न सक्छ। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन खिन्न रहनेछ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। परिवारजनमा विश्वासको संकट देखापर्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। विद्याभावमा शनि र धर्मभावमा राहुको उपस्थितिले आलस्य र उदासीन प्रवृत्ति बढ्ने हुँदा प्रगतिको मार्ग संकुचित बन्ने देखिन्छ। व्यवहारले कमजोर उपलब्धिमा सुधार ल्याउन नसकिएला। दीर्घकालीन योजना नहु“दा उपलब्धिबिनै समय व्यतीत हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। पेटको समस्याले स्वास्थ्य कमजोर बन्न सक्छ। पराक्रमभावमा केतु रहनाले काममा आंशिक सफलता भने प्राप्त हुनेछ। उपलब्धिमूलक कार्य सम्पादन गर्न नसकिए पनि नियमित काम बन्नाले व्यवहार निर्वाह हुनेछ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् र अड्किएको धन प्राप्त हुनेछ। बृहस्पतिको प्रभावले यात्रा, धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ। अध्ययनमा लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विदेश ताक्नेहरूलाई वर्षको उत्तरार्ध फलदायी रहनेछ। प्रतिकूल समयमा आफ्ना इष्टदेवता, शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला। काली भगवती, वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले पनि काममा फाइदा हुनेछ। असार, साउन, मंसिर र फागुन महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन् ।
SCORPIO
यो वर्ष अवसर र चुनौतीका उतारचढाव पार गर्दै विशेष उपलब्धि आर्जन गर्न सफल भइनेछ। विद्याभावका बृहस्पतिको प्रभावले उत्साहजनक सफलता प्राप्त हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धनआर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। विद्यार्थीहरूको ... बृहस्पतिको प्रभावले उत्साहजनक सफलता प्राप्त हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धनआर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ भने तारिफयोग्य काम सम्पादन हुनाले मानसम्मानसमेत प्राप्त हुनेछ। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै गृहस्थी जीवन प्रारम्भ गर्ने अवसर दिलाउन सक्छ। आयआर्जनका नयाँ स्रोत फेलापर्ने छन्। नोकरीमा पदोन्नति तथा अनुकूल स्थान प्राप्त हुने सम्भावना छ। सुखभावका शनि, कष्टभावका राहु र धनभावका केतुले भने यो वर्ष समस्या र विघ्नबाधाको नेतृत्व गर्नेछन्। शनिको अढैया प्रभावले मन अशान्त भइरहने छ। परिवारमा द्वन्द्व, झुटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहनेछन्। काम बिग्रने डरले पनि सताइरहने छ। राहु र केतुको प्रभावले स्वास्थ्यबाधा, झुटा आरोप, आलोचना, अपकीर्ति, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्यासँग जुध्नुपर्ने छ। समग्रमा दैनिकी संघर्षपूर्ण देखिए पनि मिहिनेतले आसलाग्दो उपलब्धि दिलाउनेछ। प्रतिकूल ग्रहको प्रभाव अनुकूल बनाउन इष्टदेवता र सम्बद्ध ग्रहको पूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहु र केतुको दोष शान्त हुनेछ। साउन, भदौ, पुस र चैत महिनामा विशेष सफलता मिल्नेछ।
SAGITTARIUS
पारिवारिक समस्याले केही अलमल र व्यावहारिक कठिनाइ देखिए पनि यो वर्ष उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। पराक्रमभावमा शनिदेवको अनुकूल प्रभावले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा ... सफल भइनेछ। पराक्रमभावमा शनिदेवको अनुकूल प्रभावले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। विभिन्न भौतिक स्रोत–साधन जुट्नेछन् र दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। कृषिकर्म, उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। बृहस्पति, राहु र केतु भने यो वर्ष अलि प्रतिकूल रहनेछन्। गृहसुखमा रहने बृहस्पतिको प्रभावले घरेलु समस्यासँग जुध्नुपर्नेछ। सत्यका पक्षमा लाग्दा दुःख पाइनेछ। अरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले शुभचिन्तकहरू टाढिनेछन्। घर–परिवारमा मतभेद देखापर्न सक्छ। परिस्थितिले साझेदारी तथा संयुक्त आधारशिला विखण्डन गरी एकल अवधारणामा अवतरित गराउनेछ। साझेदारीमा बाँडफाँट र सगोलको सम्पत्तिमा भागबन्डा लाग्ने सम्भावना छ। दाम्पत्यभावमा राहुको उपस्थितिले गृहस्थी सुखमा बाधा पुग्नेछ। प्रेममा मनमोटाव वा बिछोडसमेत निम्त्याउने हुँदा गृहस्थीको जग कमजोर हुनेछ। केतुको प्रभावले विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। परिस्थितिवश लोकमा अपकीर्ति फैलिने र मानहानि हुने सम्भावना देखिएकाले सजग रहनुपर्नेछ। जन्मसमयमा बृहस्पति, राहु र केतु प्रतिकूल हुनेहरूले सम्बद्ध ग्रहदेवताको आराधना र अनुष्ठान गर्दा शुभफल प्राप्त हुनेछ। बृहस्पतिका लागि शिवजी र बगलामुखी तथा राहु र केतुका लागि बटुक भैरव तथा छिन्नमस्ता र धूमावती भगवतीको पूजा गर्नुहोला। यो वर्ष वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन्।
CAPRICORN
यो वर्ष उत्साहजनक अवसर प्राप्त हुनाले व्यावहारिक व्यवधान चिर्दै प्रगतिको मार्ग अवलम्बन गर्न सफल भइनेछ। वाणीभावमा रहने बृहस्पतिको प्रभावले इच्छाशक्ति एवं काममा लगनशीलता बढ्नेछ। प्रतिभा प्रदर्शन गरेरै विभिन्न अवसर प्राप्त गर्न सकिनेछ। आर्थिक तथा बौद्धिक ... वाणीभावमा रहने बृहस्पतिको प्रभावले इच्छाशक्ति एवं काममा लगनशीलता बढ्नेछ। प्रतिभा प्रदर्शन गरेरै विभिन्न अवसर प्राप्त गर्न सकिनेछ। आर्थिक तथा बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। पुरस्कार तथा मान–सम्मान हातलागी हुने सम्भावना छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने समय छ। व्यवसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य सुख प्राप्त हुनेछ। केतुको अनुकूल प्रभावले वर्षभरि धनआर्जनका विभिन्न स्रोतहरू जुट्नेछन्। प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ। नयाँ उद्योगधन्दा प्रारम्भ गर्न सकिनेछ। धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। वर्षभरि मस्तिष्कभावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति समेत बढ्नेछन्। शनिको मध्य साढेसाती प्रभावले जन्मकुण्डलीमा शनिदेव प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइलाग्नेछन्। आलोचकहरूले लोकप्रिय काममा समेत अवरोध पुर्याउन सक्छन्। उच्च अधिकारीसँगको विवादले नोकरीमा समस्या आउन सक्छ। पाचनक्षेत्रमा राहुको उपस्थितिले पेट सम्बन्धी स्वास्थ्यबाधा र उपचारमा खर्च हुने सम्भावना देखिन्छ। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। असार, कार्तिक, मंसिर र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन्।
AQUARIUS
यो वर्ष विभिन्न अवसर आए पनि कर्तव्य पालना गर्न केही त्याग गर्नुपर्ने परिस्थिति आउन सक्छ। समयमा उद्देश्य प्राप्ति नहुँदा केही निराशा जाग्नेछ। जन्मराशिका बृहस्पतिले नीति–नियम, प्रतिष्ठा र आत्मसम्मानका पक्षमा उभिने प्रेरणा प्रदान गर्नेछन्। कर्तव्यबोधले धनको ... समयमा उद्देश्य प्राप्ति नहुँदा केही निराशा जाग्नेछ। जन्मराशिका बृहस्पतिले नीति–नियम, प्रतिष्ठा र आत्मसम्मानका पक्षमा उभिने प्रेरणा प्रदान गर्नेछन्। कर्तव्यबोधले धनको लालसा परित्याग गर्दै ज्ञानको मार्गतर्फ प्रवृत्त भइनेछ। प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ। विभिन्न दर्शनको अध्ययन तथा चिन्तनमा मन रमाउनेछ। धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ। जन्मकुण्डलीमा प्रतिकूल बृहस्पति हुनेहरूलाई भने एकान्तवास, स्वैच्छिक अवकास र त्यागको भावना जागृत हुनेछ। धैर्यले काम लिनेहरूलाई भने यो वर्ष फाइदा हुनेछ। कर्मभावका केतुको प्रभावले बिस्तारै कर्मसम्पादन हुनेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। काममा अरूको सहयोग लिनुपरे पनि दिगो योजना प्रारम्भ गर्न सकिनेछ। प्रयत्न गर्दा विभिन्न स्रोतसाधन जुट्नेछन्। पेसामा नेतृत्व लिँदै नयाँ प्रविधि भित्र्याउन सकिनेछ। खर्चभावमा साढेसातीयुक्त शनिको उपस्थितिले भने मनमा डर पैदा गर्ने देखिन्छ। परिस्थितिवश अधिक खर्च, नोकरीमा दुर्गम स्थानान्तरणको चर्चा, अपजस, आलोचना आदिले केही हतोत्साहित भइनेछ। सुखभावमा रहने राहुको प्रभावले साथीभाइ र घरपरिवारको सुखबाट वञ्चित भएको आभास गराउनेछ। अवसरवादीहरूले नजिकको साइनो गाँसी आफ्नो भावनामाथि खेलबाड गर्ने प्रयत्न गर्नेछन्। यो वर्ष बृहस्पतिको दुष्प्रभावलाई शान्त पार्न शिवजी र बगलामुखीको आराधना गर्नुपर्नेछ। शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। वटुक भैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ। वैशाख, साउन, मंसिर र पुस महिना विशेष फलदायी हुनेछन् भने भने जेठ, असोज र माघ अलि प्रतिकूल रहनेछन्।
PISCES
मीन राशिलाई यो वर्ष केही खर्चिला काम गर्नुपर्ने परिस्थिति आए पनि यात्रा, धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ। खर्चभावका बृहस्पतिको प्रभावले फजुल खर्च नियन्त्रित हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि अनुभवले ज्ञान आर्जन गर्ने ... लागि धन खर्च गरिनेछ। खर्चभावका बृहस्पतिको प्रभावले फजुल खर्च नियन्त्रित हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि अनुभवले ज्ञान आर्जन गर्ने अवसर प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई पनि वर्षको मध्यतिर साइत जुर्न सक्छ। सानो लगानीले ठूलो उपलब्धि दिलाउन सक्छ। वर्षभरि लाभस्थानमा रहने शनि र पराक्रमभावमा रहने राहुको प्रभावले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ। भौतिक सुख–सुविधा बढ्नेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त भइरहनेछ। सेयर, उद्योग र ठेक्कापट्टाबाट मनग्य फाइदा हुनेछ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने समय छ। कृषि, नोकरी, व्यापार तथा अन्य पेसा–व्यवसायमा पनि राम्रो लाभ हुनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। सुरुको मिहिनेतले वर्षभरि फाइदा दिनेछ। मिहिनेतीहरूका लागि यो वर्ष भाग्योदयका साथ जीवनको उज्यालो पक्ष प्रारम्भ हुनेछ। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। अध्ययनले नया“ गति लिनेछ। पढाइ तथा रोजगारीका सन्दर्भमा देश–विदेशको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा घरजग्गा लगायत स्थायी सम्पत्ति जोड्न सकिनेछ। बृहस्पतिको कमजोर प्रभावबाट बच्न शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला। आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला।