Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)

Nepali Horoscope

Updated: भदौ २०८३

ARIES
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ

ARIES

शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । नयाँ उद्योग वा रचनात्मक कार्यको योजना बन्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । १७ गतेबाट राजनैतिक कार्यमा ... कार्यको योजना बन्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । १७ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

TAURUS
वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

TAURUS

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट ... / प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य गर्दा लाभ प्राप्त हुनेछ ।

GEMINI
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह

GEMINI

यो महिनामा कुनै कुराले मनमा शान्ति छाउला । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । शेयर ... सजिलै अरुको विश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । शेयर बजार या व्यापार व्यवसायमा औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवालयको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

CANCER
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो

CANCER

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि ... विपरित निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

LEO
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे

LEO

परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । महिनाको उत्तरार्धबाट महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने र ... महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने र कार्यमा बाधा आउला । यो महिनाको लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

VIRGO
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो

VIRGO

ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । ... कार्यमा सफलता मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता नवग्रहको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

LIBRA
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते

LIBRA

योजना ठूलो बन्नेछ। तर काममा चुनौती देखापर्नेछन्। स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि ... अनुभवलाई व्यवहारमा उतार्ने समय छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि मेहनतले अवसर प्रदान गर्नेछ र जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउला। सेयरतर्फ साेचेकाे फाइदा नहुन सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। तर, विवादास्पद कामले आलाेचित भइनेछ। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला।

SCORPIO
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु

SCORPIO

अवसर र चुनौतीको संक्रमणले व्यवहार केही अस्थिरतातर्फ मोडिन सक्छ। साझेदारीमा विवाद र पारिवारिक मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। लेनदेनको व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरू बिनाकारण टाढिन सक्छन्। भूमिबाट प्रशस्त ... हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। लेनदेनको व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरू बिनाकारण टाढिन सक्छन्। भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषितर्फ पछि फाइदा हुने काम थालनी गर्न सकिनेछ।

SAGITTARIUS
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

SAGITTARIUS

केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। नोकरीमा पदोन्नति वा विशेष लाभ मिल्नेछ। ... समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। नोकरीमा पदोन्नति वा विशेष लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। वरिष्ठ व्यक्तिहरूको सहयोगले प्रतिष्ठित काम गर्ने माैका जुट्नेछ। मिहिनेत गर्दा जीवनशैलीमा राम्रै परिवर्तन आउनेछ। पति–पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा पनि केही विवाद निस्कन सक्छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ।

CAPRICORN
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि

CAPRICORN

यस महिनामा वादविवादले समस्या निम्त्याउने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ। साझेदारीमा पनि लेनदेनको व्यवहारले असमझदारी बढाउन सक्छ। बलभन्दा बुद्धिको उपयोगले पुरुषार्थी काम गर्न सकिनेछ। सेयर काराेबार, व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा ... सक्छ। बलभन्दा बुद्धिको उपयोगले पुरुषार्थी काम गर्न सकिनेछ। सेयर काराेबार, व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। विद्यार्थीहरूको अभिव्यक्ति कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नेछ। प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। व्यवहारमा खर्चकाे मात्रा बढ्न सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। माैसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।

AQUARIUS
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द

AQUARIUS

यो महिनामा केही चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। सामान्य कामका लागि खर्च धेरै हुनेछ। अनावश्यक दौडधुपमा समय बित्नेछ। सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। ... खर्च धेरै हुनेछ। अनावश्यक दौडधुपमा समय बित्नेछ। सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। वादविवाद र मुद्दा–मामिलाबाट टाढै रहनुहाेला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। परिस्थितिले उब्जाएको समस्या नियन्त्रणमा आउनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। प्रतिष्ठाको संघर्षमा विजय प्राप्त हुनेछ। आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। तेस्राे सातातिर खर्च बढ्नाले अर्थअभाव देखापर्न सक्छ।

PISCES
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि

PISCES

विभिन्न प्रकारका भोगबिलास गर्न पाईनेछ, उच्चपदस्थ अधिकारीहरुको साथ सहयोग पाईएला, अधुरा कामहरू सम्पन्न होलान् , ऐश्वर्यमा वृद्धि तथा न्याय पाईनेछ, सुन्दर तथा प्रिय बस्तुको प्राप्ति होला। तपाईंको बोली बिक्ने समय ... ऐश्वर्यमा वृद्धि तथा न्याय पाईनेछ, सुन्दर तथा प्रिय बस्तुको प्राप्ति होला। तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला। राजनैतिक क्षेत्रमा सफलता प्राप्त होला, मान तथा पद प्रतिष्ठामा वृद्धि होला, उच्च पदमा रहेका व्यक्तिबाट सहयोग प्राप्त होला , जागिर तथा नोकरी पाउने योग रहको छ ।