Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)
Nepali Horoscope
Updated: मङ्गलबार, १० कार्तिक २०८३
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ARIES
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ... श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।
वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
TAURUS
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
GEMINI
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
CANCER
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ ... समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
LEO
रोकिएका काम पुनः सुरु हुन सक्छन् । ठेक्कापट्टा तथा घर जग्गाको कारोबार सफल हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग ... कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
VIRGO
स्वास्थ्यको दृश्यबाट धेरै राम्रो दिन। तपाईंको हँसिलो मनले तपाईंको इच्छित बल दिन्छ र तपाईंलाई विश्वस्त राख्नेछ। साथी तथा आफन्तहरूसँग मजा ... राख्नेछ। साथी तथा आफन्तहरूसँग मजा गर्नुहोस्। तपाईंका मुस्कानको कुनै अर्थ छैन - तपाईंका हास्यको कुनै आवाज छैन - तपाईंलाई सामिप्य नहुनाले मुटुले धडकन बिर्सन्छ - आज तपाईंले आफ्नो जीवनसाथीसँग प्रेम गर्ने प्रशस्त समय पाउनु हुनेछ, तर स्वास्थ्यमा केही समस्या हुन सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
LIBRA
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापार बढ्नुका साथै आर्थिक लाभ हुने काममा मनग्य फाइदा ... लाभ हुने काममा मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने सहयाेगीहरूले राम्राे साथ दिनेछन्।
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
SCORPIO
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजाेर रहे पनि कामको चाप बढ्नेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला। परिबन्धले ... पनि दिन कमजोर रहला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। पहिलेकाे समस्या सुल्झाउन निकै परिश्रम गर्नुपर्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
SAGITTARIUS
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको ... भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरी सुधार गर्ने मौका छ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
CAPRICORN
आलस्य गर्ने बानीले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। पेसा–व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी ... सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिन सक्छ। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
AQUARIUS
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न ... सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ। रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
PISCES
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। खर्च हुने डरले सताउन सक्छ। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन ... पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ। मिहिनेतले आम्दानी बढ्नेछ। तर, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ।