Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)

Nepali Horoscope

Updated: मङ्गलबार, १० कार्तिक २०८३

ARIES
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ

ARIES

यो साता नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ... धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

TAURUS
वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

TAURUS

यो हप्ता नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । शुभ कार्यमा सरिक भइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । ... कार्यमा सरिक भइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

GEMINI
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह

GEMINI

यो हप्ता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा ... मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । भौतिक सुख पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

CANCER
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो

CANCER

यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा ... हुनेछ । मङ्गलबारबाट शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

LEO
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे

LEO

नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बोलीको प्रभावले विशेष अवसर दिलाउनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने ... धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। बीचमा खर्च लागे पनि भौतिक साधन जुटाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि आफन्तहरूको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्। साताकाे अन्त्यतिर साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।

VIRGO
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो

VIRGO

रमाइलाे भेटघाट हुनेछ। बोली र व्यवहारले धेरैलाई प्राभावित पार्न सकिनेछ। कामको प्रभावले विशेष अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र लेखन कलामा पनि निखारता आउनेछ। आम्दानीका ... अध्ययनमा प्रगति हुनेछ र लेखन कलामा पनि निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। सहयाेगीहरूले साथ दिने हुँदा नयाँ कामतर्फ आकर्षित भइनेछ। बुद्धिको उपयोगले सफलता प्राप्त हुनेछ। सप्ताहान्तमा पारिवारिक माहाेल अनुकूल नहुनाले काममा समेत बाधा पर्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला।

LIBRA
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते

LIBRA

प्रारम्भमा काम बन्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नाले सहयाेग नगरे पनि आँटेको काम बन्नेछ र मेहनत गर्दा मनग्य आर्जन हुनेछ। मंगलवार र बुधवार विशेष ... र मेहनत गर्दा मनग्य आर्जन हुनेछ। मंगलवार र बुधवार विशेष लाभ हुनेछ। दिगो काम सुरुआत गर्ने अवसर पनि जुट्नेछ। विद्यार्थीका लागि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। बिहीवारदेखि धन बाहिरिनाले अभाव अनुभूति हुनेछ। तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्ने योग छ। खर्चको मात्रा बढ्नेछ भने एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। सप्ताहान्तमा पारिवारिक भेटघाटले मन रमाउनेछ।

SCORPIO
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु

SCORPIO

प्रारम्भ खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। धेरै मिहिनेत परे पनि चिताएको काम बन्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले ... मिहिनेत परे पनि चिताएको काम बन्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले यसअघि थालेकाे काम स्थगित हुन सक्छ। केही अप्ठ्यारा कामको बोझ थपिनेछ। तापनि पछिका लागि अवसर खोज्ने समय छ। साताको अन्त्यतिर स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्त गर्न सकिनेछ।

SAGITTARIUS
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

SAGITTARIUS

प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि संघर्षमा उत्रन सकिनेछ। मिहिनेतले राम्रै अवसर हात पार्न सफल भइनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। ... पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। साताभरि केही दौडधुप गर्नुपर्ने आवश्यकता पर्न सक्छ। तापनि बुद्धिको उपयोगले चिताएको काम सम्पादन हुनेछ। सप्ताहान्तमा भने अस्वस्थता, झुटा आरोप र चुनौती आइलाग्ने देखिन्छ, शुभचिन्तकहरूको साथ जुटाउने प्रयत्न गर्नुहोला।

CAPRICORN
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि

CAPRICORN

प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। प्रयत्न गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे शैक्षिक भ्रमण हुन सक्छ। ... गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे शैक्षिक भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मंगलवारपछि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। तापनि मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ र दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ।

AQUARIUS
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द

AQUARIUS

प्रारम्भिक प्रयत्न फलदायी रहनेछ। केही विवादास्पद काममा अल्झनुपरे पनि बुद्धिकाे उपयाेगले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। ... काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। आफ्नाे अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। पुरुषार्थी कामले उचाइमा पुर्याउनेछ। व्यवसायका लागि यात्रा गर्नुपर्ला। मित्रता र प्रेमको बन्धन कसिनुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ। लाेकप्रिय कामले समाजमा पनि स्थापित गराउने समय छ।

PISCES
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि

PISCES

प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि काम गर्ने अवसर प्राप्त हुनेछ। खानपानकाे असावधानीले मंगलवारसम्म स्वास्थ्य समस्या देखापर्न सक्छ। ... अवसर प्राप्त हुनेछ। खानपानकाे असावधानीले मंगलवारसम्म स्वास्थ्य समस्या देखापर्न सक्छ। गलत निर्णयले उपलब्धि जाेगाउन मुस्किल पर्नेछ। पुरानाे विवाद सुल्झाउने प्रयत्न गर्नुहाेला। बुधवार र बिहीवार स्थिति अनुकूल बन्नाले धेरै काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने नयाँ काममा सम्झौता हुन सक्छ। सप्ताहान्तमा भने प्रतिस्पर्धीहरूले अवराेध निम्त्याउन सक्छन्, सजग रहनुहाेला।