Nepali Time Now | Nepali Date Today | Nepal Time (NPT)
Nepali Horoscope
Updated: शनिवार, २७ भदौ २०८३
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ARIES
यो साता दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आफन्तसँग भेट घाट हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । ... । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५,र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
TAURUS
यो हप्तामा दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । शेयर बजारको लगानी ... नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । शेयर बजारको लगानी बाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले राम्रो हुन्छ ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
GEMINI
यो साता नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ... धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
CANCER
यो हप्ता नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । शुभ कार्यमा सरिक भइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । ... कार्यमा सरिक भइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
LEO
व्यावसायिक काम सम्पादन हुनेछन्। प्रतिस्पर्धामा उत्रिएर पनि प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिद्वन्द्वीहरूले सम्झौताको ढोका खोल्नेछन्। मंगलवार र बुधवार भने केही व्यवधान देखापर्नेछन्। काम बिग्रने डरले सताउन ... र बुधवार भने केही व्यवधान देखापर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। आफ्नाले धोका दिनेछन्, साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। परिस्थितिअनुसार निर्णय लिने बानीले समस्या सुल्झनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउला। काममा शुभचिन्तकले साथ दिनेछन्। पहिलेका कमजोरीमा सुधार आउनेछ। सप्ताहान्त विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक रहनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
VIRGO
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। मंगलवारदेखि सरसापटमा धन बाहिरिन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। ... सरसापटमा धन बाहिरिन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि लगानी पछिका लागि फाइदाजनक हुनेछ। आफन्तबाट टाढिनुपरे पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। सप्ताहान्तमा आफन्त र साथीभाइसँग भेटघाट समेत हुनेछ। स्वास्थ्यमा भने मौसमी गडबडीले सताउन सक्छ। काममा आलाेचक तथा अवसरवादीहरूबाट अलि सावधान रहनुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
LIBRA
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा सुरुमा भविष्यको चिन्ताले सताउन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई ... सक्छन्। तापनि बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। मंगलवारदेखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ। व्यापार र उद्योगमा केही मन्दी आउने देखिन्छ। प्रतिस्पर्धामा उत्रनुपर्दा केही साथीभाइ टाढिएलान्। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। मिहिनेत गर्दा काम बन्नेछ।
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
SCORPIO
सुरुमा रमाइलो भेटघाट भए पनि तत्कालै आफन्तबाट टाढा भइनेछ। उपहारमा पाएकाे वस्तु हराउने वा नष्ट हुने सम्भावना छ। स्वास्थ्य कमजाेर हुनाले यात्रामा समस्या आउन सक्छ। ... हुने सम्भावना छ। स्वास्थ्य कमजाेर हुनाले यात्रामा समस्या आउन सक्छ। मंगलवारपछि स्थितिमा सुधार आउनेछ र भाग्यले साथ दिनेछ। विशिष्ट व्यक्तिको साथ–सहयाेग पाइनेछ। मिहिनेत गर्दा कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। व्यापार–व्यवसायमा पनि उत्साह बढ्नेछ। सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। सप्ताहान्तमा अवराेध पुर्याउनेहरू अग्रसर हुनेछन् र घरायसी समस्या समाजसम्म पुग्न सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
SAGITTARIUS
प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। प्रयत्न गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे शैक्षिक भ्रमण हुन सक्छ। ... गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे शैक्षिक भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मंगलवारपछि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। तापनि मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ र दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
CAPRICORN
प्रारम्भमा केही उपलब्धि हातलागी हुनेछ। तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ। सहयाेगीहरू टाढिने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। ... जाग्ने सम्भावना छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। तापनि मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम टर्नेछ। अध्ययनमा प्रगति हुनाले सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। रोकिएका काम गर्न सकिनेछ। सप्ताहान्तमा भने केही समस्यासँग जुध्नुपर्ला। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम बिग्रने डरले सताउन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
AQUARIUS
सुरुमा काम बन्नाले आम्दानी बढ्नेछ। तर लगत्तै खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। विदेश ... गर्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। मंगलवारपछि रमाइलाे भेटघाटले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। व्यापार बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतअनुसार राम्रै उपलब्धि प्राप्त हुने समय छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
PISCES
साता फलदायी रहनेछ। प्रारम्भमा एकपछि अर्को अवसर आउनाले उत्साहित भइनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। ... मिल्नेछ। प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा खर्चिलो कामको योजना अघि बढ्नेछ। लगानी जुटाउन ऋण–सापट लिनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा यात्रा गर्ने अवसर जुट्न सक्छ।